एनएलजी इन्स्योरेन्सको सुदुरपश्चिम प्रदेश स्तरीय जोखिमांकन तथा सम्पत्ती सुद्धीकरण निवारण सम्बन्धी तालिम सम्पन्न

१२ श्रावण २०८१, शनिबार २१:३५

काठमाडौ । एनएलजी ईन्स्योरेन्स कम्पनी लिमिटेडले सुदुरपश्चिम प्रदेश स्तरीय जोखिमांकन तथा सम्पत्ती सुद्धीकरण निवारण सम्बन्धी तालिम सम्पन्न गरेको छ । कम्पनीले आज अर्थात साउन 12 गतेका दिन शनिबार धनगढीमा सुदुर पश्चिम प्रदेश भर रहेका प्रदेश कार्यालय, शाखा तथा उपशाखा का कर्मचारीहरुलाई निर्जीवन बीमा मा जोखिमांकन तथा सम्पत्ती सुद्धीकरण निवारण सम्बन्धी तालिम सम्पन्न गरेको हो ।

उक्त तालिम नेपाल बीमा प्राधिकरणका प्रदेश प्रमुख हृदयश्वर पण्डितले प्रदान गरेका थिए । त्यसै गरी प्रदेश स्तरीय तालिम कार्यक्रममा उप प्राध्यापक डा.कृष्ण बोहराले प्रभावकारी संचार तथा सम्बन्ध निर्माण सिप बिषयमा तालिम समेत प्रदान गरेका थिए । सोही तालिममा सुदुर पश्चिम प्रदेश भर रहेका २५ जना कर्मचारीहरुको सहभागिता रहेको कम्पनीका बिजनेश कोअर्डिनेटर सुनिल श्रेष्ठले जानकारी दिए ।

कार्यक्रम एनएलजी ईन्स्योरेन्स कम्पनीका बिजनेश कोअर्डिनेटर सुनील श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । तालिम कार्यक्रम समापन पश्चात प्रदेश भर रहेका शाखा तथा उपशाखा कार्यालयहरुलाई आ.व. २०८१/२०८२ को बार्षिक लक्ष्य समेत बितरण गरीएको थियो ।
एनएलजी ईन्स्योरेन्स कम्पनीले आफ्ना कर्मचारीहरुलाई दक्षता अभिबृद्धिका लागी आन्तरीक तथा बाह्य तालिमहरु संचालन गर्दै आईरहेको र आगामी दिनहरुमा समेत निरन्तरता रहने कम्पनीका बिजनेश कोअर्डिनेटर सुनील श्रेष्ठले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*