सर्पाेट लघुवित्तको नाफा ७५% बृद्धि, ईपीएस कति?

१० श्रावण २०८१, बिहीबार ०७:०३

काठमाडौं । सर्पाेट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्मको तुलनामा गत वर्ष ७५ दशमलव ३ प्रतिशत खुद नाफा बृद्धि भएको हो ।

अघिल्लो आवको चौथो त्रैमासम्म कम्पनीले १ करोड ३६ लाख २२ हजार रुपैयाँ खुद नाफा गरेको कम्पनीले गत वर्ष २ करोड ३८ लाख ४३ हजार रुपैयाँ खुद नाफा गरेको छ ।

गत वर्ष कम्पनीको सञ्चालन नाफा पनि १९४ दशमलव ३८ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो वर्ष १ करोड १ लाख २० हजार रुपैयाँ सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष २ करोड ९७ लाख ९१ हजार रुपैयाँ सञ्चालन नाफा गरेको हो ।

गत वर्ष कम्पनीको कुल सञ्चालन आम्दानी २८ दशमलव ६६ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष ८ करोड ४५ लाख २२ हजार कुल सञ्चालन आम्दानी गरेको कम्पनीले गत वर्ष १० करोड ८७ लाख ४६ हजार रुपैयाँ यस्तो आम्दानी गरेको हो । गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी १८ दशमलव १९ प्रतिशतले बढेर ८ करोड २९ लाख ९९ हजार रुपैयाँ पुगेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी १० करोड ७६ लाख १८ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा ५ करोड ३३ लाख २३ हजार रुपैयाँ सञ्चिति रहेको छ । कम्पनीको कर्जा सापटी १९ दशमलव ४१ प्रतिशतले बढेर १ अर्ब २६ करोड ८० लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको निक्षेप ३४ करोड ९१ लाख र कर्जा लगानी १ अर्ब ६६ करोड ७८ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको नाफासँगै प्रतिशेयर आम्दानी ७ रुपैयाँ ८५ पैसाले बढेर २२ रुपैयाँ १६ पैसा पुगेको छ । मूल्य आम्दानी अनुपात ८३ दशमलव ९५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ५५ पैसा रहेको छ । समीक्षा अवधिमा कम्पनीको खराब कर्जा घटेर १ दशलव ६३ प्रतिशतमा झरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*