विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन, ४५ दिनको म्याद दिईयो
९ श्रावण २०८१, बुधबार १८:२९
काठमाडौं । सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ । आयोगलाई ४५ दिन म्याद दिइएको छ । सो अवधिभर आयोगले सरकारलाई प्रतिवेदन बुझाउनु पर्ने हुन्छ ।
आज प्रधानमन्त्री केपी ओलीले बोलाएको आकस्मात बैठकले मन्त्रिपरिषद्ले रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको छ ।
बुधबार विहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान विमानस्थल परिसरमै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने पाइलट गम्भीर घाइते भएका छन् ।