एक वर्षमा सिटी एक्सप्रेसले कमायो ८८ करोड ९० लाख रुपैयाँ

९ श्रावण २०८१, बुधबार १८:२१

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्राइभेट लिमिटेडले एक वर्षको अवधिमा ८८ करोडको व्यापार गरेको छ । इक्रा नेपालका अनुसार सन् २०२३ मा कम्पनीले ८८ करोड ९० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले गरेको व्यापार सन् २०२२ को तुलनामा ०.६७ प्रतिशतले कम हो । सन् २०२२ मा कम्पनीले ८९ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । गत आर्थिक वर्षको ८ महिनामा कम्पनीले ५२ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ ।

यता, सन् २०२१ मा कम्पनीले ८५ करोड रुपैयाँ र सन् २०२० मा ७६ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु समेत गरी सकेको छ । कम्पनीको केद्रीय कार्यालय कमलादी काठमाडौँमा रहेको छ ।

कम्पनीका शेयरधनी चन्द्र टण्डन, हेमबहादुर गुरुङ, महेश श्रेष्ठ र डोलराज शर्मा हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*