नेपाल बीमा प्राधिकरणले ३९ लाख रुपैयाँको कम्प्युटर किन्ने, घोटालाको गन्ध !

९ श्रावण २०८१, बुधबार १७:४३

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ३८ लाख ९२ हजार रुपैयाँको कम्प्युटर तथा आवश्यक सामग्री खरिद गर्ने भएको छ । कार्यालयमा आवश्यक परेका डेक्सटप, ल्यापटप तथा अन्य सामग्री खरिद गर्नको लागि प्राधिकरणले टिम एशिया नेपालको बोलपत्र स्वीकृत गरेको हो ।

कार्यालयमा आवश्यक सामग्री आपूर्ति गर्नको लागि प्राधिकरणले जेठ ३१ गते बोलपत्र आह्वान गरेको थियो । सोही बोलपत्रको आधारमा असार ३० गतेसम्म परेका बोलपत्र खोली सार्वजनिक खरिद ऐन २०६३ तथा नेपाल बीमा प्राधिकरण खरिद विनियमावली २०७९ बमोजिम मूल्यांकन गरेर टिम एशिया नेपालको बोलपत्र स्वीकृत गरेको छ ।

प्राधिकरणले यसरी खरिद गर्ने गरेका सामग्रीहरु गुणस्तरहीन र कम क्षमताका हुने गरेका छन् । बोलपत्र स्वीकृत गर्दा कम मूल्य र गुणस्तरीय सामग्री उपलब्ध गराउने संस्थाको आवेदन भन्दा पनि सेटिङ्ग भएका व्यापारीहरुको बोलपत्र स्वीकृत गर्ने परीपाटी प्राधिकरणमा पहिलेदेखि नै रहि आएको छ । यस अघि पनि चांगन ब्राण्डका ४ वटा गाडी पनि यस्तै सेटिङ्गमा खरिद गरेको थियो । त्यसैले कम्प्यूटर खरिदमा पनि घोटालाको गन्ध आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*