सिटिजन लाइफमा सर्वाधिक व्यवसाय भित्र्याउने अभिकर्ताः माधब सिहं साउद, बाल नारायण श्रेष्ठ र दिपा चापागाई

राजन कठायत 
९ श्रावण २०८१, बुधबार १७:०२

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अभिकर्ताहरुले गत आर्थिक वर्षको असार मसान्तसम्ममा उल्लेख्य रुपले व्यवसाय गर्न सफल भएका छन् । कम्पनीमा आवद्ध भई बीमा व्यवसाय सञ्चालन गरीरहेका हजारौं अभिकर्ताहरुले आम नागरिकहरुको सिटिजन लाइफमा बीमा गराएर व्यवसाय वृद्धिमा महत्वपूर्ण भुमिका निर्वाह गरेका हुन् ।

कम्पनीमा देशैैभरीबाट हजारौं सहभागीहरुलाई उछिन्दै काठमाडौं, सतुङ्गल शाखाका सिनियर एजेन्सी मेनेजर–माधब सिहं साउद, (नेपाल टप) बन्न सफल भएका छन त्यस्तै, तनहुँ, दमौलीका बाल नारायण श्रेष्ठ र काठमाडौं, स्वयम्भूकी दिपा चापागाई उत्कृष्ट एजेन्सी भएकी हुन् ।

हजारौ अभिकर्ताहरुलाई पछि पार्दै कम्पनीको सतुङ्गल शाखा कार्यालयमा आवद्ध भई व्यवसाय गर्दै आएका माधव साउद दोस्रो पटक सर्वोत्कृष्ठ (नेपाल टप) एजेन्सी बन्न सफल भएका छन् । गत आर्थिक वर्ष २०८०।०८१ को असार मसान्तसम्ममा आफ्नो व्यक्तिगत कोडबाट १ करोड ८३ लाख रुपैयाँको कारोबार गरी सबै अभिकर्ताहरुलाई पछि पार्दै नेपाल टप एजेन्सी बनेका हुन् । उनले यस अवधिमा १९३ वटा बीमा पोलिसी बिक्री गरेका छन् ।

विभिन्न समयमा अभिकर्ताहरुले कम्पनीको व्यवसायमा बनाएका ऐतिहासिक रेकर्डहरुलाई तोड्न सफल भएका अभिकर्ता साउदले एकैदिनमा एमडीआरटी, सर्वाधिक बीमा पोलिसी बिक्री र वन डे सिटिजन स्टार बन्ने ऐतिहासिक रेकर्ड समेत आफ्नो नाममा गरेका छन् ।

उनले एकैदिनमा १५० वटा बीमा पोलिसी बिक्री गरी नागरिकहरुको जीवन रक्षावरण गर्न सफल भएको कुरा सिटिजन लाइफ सतुङ्गल शाखाका ब्रान्च मेनेजर जय सिंह भाटले जानकारी दिए । सिटिजन लाइफमा योसँगै उनी दोस्रो पटक सर्वाधिक व्यवसाय गर्ने सर्बोत्कृष्ठ (नेपाल टप) एजेन्सी बन्न सफल भएका हुन् ।

‘बीमा गराउनको लागि तालिम लिएर मात्र हुदैन । नागरिकहरुहरुसँग पनि त्यही अनुसारको सम्बन्ध हुन आवश्यक हुन्छ।’ उनले भने, ‘बीमाबारे पूर्ण रुपले जानकारी भएको कारणले विभिन्न क्षेत्रका कन्ट्र्याक्टर, बिजनेशम्यान, विभिन्न पेशा र ब्याबसायमा आवद्ध सर्बसाधारणहरुको पनि बीमा गर्दै आएको कारण दोस्रो पटक नेपाल टप बन्न सफल भएको हुँ।’

लगातार तेस्रो पटक पनि सर्वाधिक व्यवसाय गरी ह्याट्रिक गर्ने लक्ष्य रहेको सुनाउँदै अभिकर्ता साउदले आफुलाई विश्वास गरी बीमा गराउने सम्पूर्ण बीमितहरु र कम्पनीका कर्मचारीहरुलाई धन्यवाद व्यक्त गरेका हुन्छन् ।

साथै, तनहुँ, जिल्लाको दमौली शाखा कार्यालयमा आवद्ध भई बीमा कारोबार सञ्चालन गरीरहेका बाल नारायण श्रेष्ठ दोस्रो स्थानमा रहेका छन् । दमौलीका विभिन्न गाँउ तथा सहरहरुमा गई हजारौ नागरिकहरुको बीमा गरी जीवन रक्षावरण गर्दै आएका छन् ।

कम्पनीमा सक्रिय र सफल बीमा अभिकर्ताहरुको परिचय बनाएका उनले गत आर्थिक वर्षमा आफ्नो व्यक्तिगत कोडबाट १ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार गरेका छन् । कडा मिहिनेत, दिगो लक्ष्य र परिश्रम गर्दै बीमा व्यवसायमा रमाउँदै आएका उनले दमौली क्षेत्रका नागरिकहरुलाई बीमा शिक्षा प्रदान र बीमा गरीरहेका छन् ।

कम्पनीको स्वयम्भू शाखा कार्यालयमा आवद्ध भई बीमा व्यवसाय गर्दै आएकी दिपा चापागाईले १ करोड ९ लाख रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएकीछिन् । उनले काठमाडौंका सयौं मानिसहरुको बीमा गरी जीवन रक्षावरण गर्न सफल भएकी छिन् ।

सिटिजन लाइफ इन्स्योरेन्सले अभिकर्ताहरुको मिहिनेत र परिश्रमको कदर गर्दै विभिन्न तालिम तथा क्षमता अभिवृद्धि तालिम पनि दिदैं आएको छ । अभिकर्ताहरको क्षमता विकासको लागि र सक्रिय बनाउने उद्देश्यले सिटिजन लाइफले विभिन्न योजनाहरु पनि ल्याएको छ ।

देशभरीबाट सिटिजन लाइफ इन्स्योरेन्समा आवद्ध भई बीमा व्यवसाय सञ्चालन गरिरहेका अभिकर्ताहरुलाई कम्पनीले सम्मान तथा पूरस्कार पनि वितरण गर्ने गरेको पाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*