तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, कुनको कति बढ्यो ?

९ श्रावण २०८१, बुधबार १५:०९

काठमाडौँ । केहिदिन यता लगातार रुपले बढेको शेयर बजार बुधबार उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक २७.३२ अंकले घटेर २५३६.११ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार घटेसँगै आज कारोबार भएका कम्पनीहरुमध्ये १९४ वटाको शेयरमूल्य घट्दा २६ वटाको मात्र वृद्धि भएको छ । शेयर बजार दोहोरो अंकले घटेतापनि विभिन्न क्षेत्रका तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

बुधबार, बोटलर्स नेपाल (तराई) लिमिटेड, एशियन हाइड्रोपावर र चन्द्रागिरी हिल्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज समृद्धि फाइनान्सको ९.६५ प्रतिशत, आरम्भ चौतारी लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*