नाफा बुक गर्ने हाबि हुँदा बजारमा करेक्सनः १६ अर्बको कारोबार, के पर्ख र हेरको अवस्था हो ?

९ श्रावण २०८१, बुधबार १५:०९

काठमाडौँ । शेयर बजारमा करेक्सन देखिएको छ । लगातार ६ दिन हरियाली भएको शेयर बजार आज भने ओरालो लाग्न पुगेको हो । लगानीकर्ता आज शेयर बिक्री गर्ने तिर हाबि भएका छन् । लगानीकर्ता नाफा बुक गर्ने तिर अग्रसर हुँदा बजार ओरालो दिसा तिर लागेको हो ।

मौद्रिम नीति शुक्रबार अर्थात् साउन ११ गते सार्वजनिक गर्ने तयारी नेपाल राष्ट्र बैंकले गरेको छ । अब शेयर बजारका लगानीकर्ता मौद्रिक नीति पर्ख र हेरको अवस्थामा रहेका छन् । शेयर बजारका लगानीकर्ताले लामो समयदेखि मौद्रिक नीतिमार्फत कसिएको नीति खुकुलोको माग गरी रहेका छन् । उता राष्ट्र बैंक समेत शेयर बजारलाई बाधा गर्ने नीति सुधारका लागि सकारात्मक बनि रहेको छ । सोहि कारण लगानीकर्ता अब मौद्रिक नीति कुरेर बसेका छन् । नीतिगत सुधार हुन सके बजारले इतिहासकै नयाँ उचाई राख्ने तर्क लगानीकर्ताहरुको रहेको छ ।

अर्थतन्त्रले लय लिइरहेको, बैकको ब्याजदर समेत निरन्तर ओरालो लागि रहेको, नियामक निकाय समेत नीतिगत सुधारका लागि सकारात्मक रहेको हुँदा बजारले बुल नै कायम राख्ने देखिन्छ । वित्तीय विवरण सार्वजनिक हुँदा लगानीकर्ता पर्खिएको पनि हुन सक्ने तर्क जानकारहरुका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्सें) २७.३२ अकंले बढेर २५३६.११ बिन्दुमा कायम भएको छ । आज ३११ कम्पनीको ४ करोड ७ लाख ४७ हजार २२६ कित्ता शेयर किनबेच हुँदा १६ अर्ब २० करोड ८५ लाख ७७ हजार रुपैयाँको शेयर कारोबार भएकोछ ।

यसदिन ११ उपसूचक राताम्य भएका छन् । बुधबार बैंकिङ समूहको १.२१ प्रतिशत, विकास बैंक समूहको ०.५६ प्रतिशत, हाइड्रोपावर समूहको १.५७ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.८३ प्रतिशत, जीवन बीमा समूहको ०.३१ प्रतिशत, माइक्रोफाइनान्स समूहको १.३५ प्रतिशतले शेयर मूल्य घटेको छ ।

आज हिमालयन रिइन्स्योरेन्स कम्पनीको ३६ करोड ७ लाख रुपैयाँ, शिवम सिमेन्टको ३४ करोेड २२ लाख रुपैयाँ, अप्पर तामाकोशीको २९ करोडको शेयर कारोबार भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*