जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन शाक्यको टाउकोको सीटी स्क्यान, रिर्पोट आउन बाँकि
९ श्रावण २०८१, बुधबार १४:२२
काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार सिनामंगलस्थित केएमसी अस्पतालमा भइरहेको छ ।
क्याप्टेन शाक्य सामान्य कुराकानी गरिरहेका छन् । उनको टाउको, खुट्ट लगायतका भागमा चोट लागेको छ । अस्पताल स्रोतका अनुसार आकस्मिक कक्षमा राखेर उनको उपचार भइरहेको छ । उनको टाउकोको सीटी स्क्यान गरिएको छ । रिपोर्ट आउन बाँकी छ । अस्पताल स्रोतले भन्यो, ‘उहाँ सामान्य बोलचाल गरिरहनु भएको छ । सिटीस्क्यान गरी उपचार भइरहेको छ ।’