सौर्य एयरलाइन्सको जहाज दुर्घटनाः प्रधानमन्त्री ओलि र गृहमन्त्री लेखक विमानस्थलमा
९ श्रावण २०८१, बुधबार १३:४६
काठमाडौँ। सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलि र गृहमन्त्री रमेश लेखकका साथै प्रहरी उच्च अधिकारीहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेका छन् ।
काठमाडौंबाट पोखरा उडेको सौर्य एयरलाइन्सको जहाज आज बिहान विमानस्थलमा दुर्घटना भएको हो । दुर्घटना भएपछि प्रधानमन्त्री गृहमन्त्रीका साथै नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरीक्षक विमानस्थल पुगेका छन् ।