उद्धारपछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
९ श्रावण २०८१, बुधबार १३:४३
काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सुचारू भएको छ । विमान दुर्घटना भएपछि केही समय उडान तथा अवतरण प्रभावित बनेको थियो ।
विमानस्थल सुचारू भएसँगै आकाशमा होल्ड गरिएका विमानहरूले अवतरण शुरू गरेका छन् । केहीबेर आकाशमै होल्ड भएको भुटान एयरको जहाज अवतरण गरिएको छ ।
विमान दुर्घटनामा परि १८ जनाको निधन भएको छ भने एक जना घाइतेको उद्धार गरी केएमसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।