सौर्यको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको पुष्टि

९ श्रावण २०८१, बुधबार १३:२८

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जना मृत्यु भएको पुष्टि गरेको छ। बुधबार बिहान एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु र एक जना घाइते भएको उपचार भइरहेको हो ।

तीन जनाको भने उपचारको क्रममा टिचिङ अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ । १९ जना सवार विमानमा १८ जना नेपाली र १ जना यमन नागरिक रहेका थिए । मर्मतको लागि पोखरा जान लागेको विमानमा सम्पूर्ण सौर्य एयरलाइन्सका कर्मचारीहरू रहेको खुलेको हो ।

सौर्य एअरलाइन्सको जहाजमा सवार १९ जनाको नामावली

उद्धार गरेको एक जना ब्यक्तिको केएमसि अस्पतालमा उपचार भइरहेको छ ।

तस्विर सौजन्यः नेपाल पुलिस

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*