दुर्घटनामा परेको जहाजबाट १३ वटा शव निकालियो, पाँच जनाको उद्धार

९ श्रावण २०८१, बुधबार १२:३६

अपडेटः नेपाल प्रहरीका अनुसार अहिले मृतकको संख्या १५ र चार जनाको उद्धार

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजबाट १३ जनाको शव निकालिएको छ ।
९ एनए एमई कलसाइनको उक्त जहाज आज बिहान सवा ११ बजे पोखरा जानेक्रममा विमानस्थलमा चिप्लिएर दुर्घटनामा परेको थियो ।

उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको थिए । पाँच जनाको उद्धार गरीएको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि अस्पतालसम्म पुराइसकेको हो । अझै एक जनाको खोजि भइरहेको छ।

शवहरू शिक्षण अस्पताल महाराजगञ्ज ल्याइरहेको प्रहरीको भनाइ छ । गृहमन्त्री रमेश लेखक विमानस्थलमा पुगेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*