सिटिजन लाइफद्वारा करिव ५७ लाख रुपैयाँको बीमा दावी भुक्तानी

९ श्रावण २०८१, बुधबार १२:१६

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको दमक शाखा कार्यालयले दावी वापतको ५६ लाख ८० हजार रुपैयाँ भुक्तानी गरेको हो ।

कम्पनीको बिर्तामोड एरिया ब्रान्च म्यानेजर उत्तम कोइरालाले बीमा दावी वापतको चेक बीमित स्वर्गिय भुपिन बाबु ढकालको श्रीमति इन्दिरा ढकाललाई हस्तान्तरण गरेका छन् । उनको असामयिक निधन पछि कम्पनीले ५० लाख बीमांक, चार बर्षको बोनस रकम र ५० हजार काजक्रिया खर्च सहित ५६ लाख ८० हजार एकमुष्ठ प्रदान गरेको एरिया ब्रान्च म्यानेजर कोइरालाले बताए ।

बीमा दावी भुक्तानी कार्यक्रममा एरिया ब्रान्च म्यानेजर उत्तम कोइरालाले मृतक भुपीन बाबुका ढकालको आत्माको चीर शान्तिको कामना गर्दै बीमा बाट प्राप्त रकम सहि ठाउँमा लगानी गर्न सुझाव दिए । सोही कार्यक्रममा स्टार एजेन्सी म्यानेजर भेषराज भट्टराईले बीमाले बीमाशुल्क लिने मात्र होइन दावी भुक्तानी पनि सरल र छिटो तरिकाले भुक्तानी दिने गरेको बताए ।

त्यस्तै, परिवारको तर्फबाट डिल्लीराम ढकालले सिटिजन लाइफले छिटो तथा सहज ढंगले दावी भुक्तानी दिएकोमा कम्पनीलाइ धन्यवाद दिए । कार्यक्रमको संचालन दमक शाखा प्रमुख रोशन बस्नेतले गरेका थिए । कार्यक्रममा दमक शाखाका एजेन्सी, म्यानेजरहरु सहित अभिकर्ताहरूको उपस्थिति रहेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*