रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले पायो ‘त्रिपल बि प्लस’ रेटिङ

९ श्रावण २०८१, बुधबार १०:५९

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले त्रिपल बि प्लस रेटिङ पाएको छ । केयर इक्रा नेपालले कम्पनीलाई ‘केयर–एनपी ट्रिपल बी प्लस’ रेटिङ प्रदान गरेको हो ।

उक्त रेटिङले समयमै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी भन्ने बुझिन्छ । रेटिङ एजेन्सी कम्पनीलाई अघिल्लो वर्ष ‘केयर–एनपी ट्रिपल बि’ रेटिङ दिएको थियो ।

अघिल्लो आर्थिक वर्षको अवधिमा कम्पनीको वित्तीय अवस्था तथा कार्य सञ्चालनमा देखिएको दिगोपनाको वृद्धिका साथै अन्डरराइटिङ कार्यसम्पादन र लगानीबाट आर्जित नाफाका कारण कम्पनीको रेटिङमा बल पुगेको छ ।

यस कम्पनीले आगामी दिनहरूमा पनि आफ्ना परिसूचकहरू अझै सशक्त बनाउँदै लैजाने प्रतिबद्धता समेत जनाएको छ । कम्पनीको लगानी आम्दानी, नियन्त्रित आयोग र व्यय अनुपात, प्रिमियम सङ्कलनमा सुधार भएको जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*