सूर्यज्योति लाइफका संस्थापक शेयरधनी विवेक झाले दिए राजिनामा

९ श्रावण २०८१, बुधबार १०:३२

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका संस्थापक समुहका सञ्चालक विवेक झाले दिएको राजिनामा स्वीकृत भएको छ ।

संस्थापक शेयरधनी भि.जे. इन्भेष्टमेण्ट कम्पनी प्रा.लि. को प्रतिनिधिको रुपमा सञ्चालक रहेका झाले कार्य व्यस्तता एवं व्यक्तिगत कारण देखाई दिएको राजिनमा स्वीकृत भएको हो ।

कम्पनीको साउन ८ गते दिउँसो २ः३० बजे बसेको सञ्चालक समिति बैठकको निर्णयले उनको राजिनामा स्वीकृत गरेको कम्पनी सचिव भरत केसीले जानकारी दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*