कालिका लघुवित्तमा ६१ जना कर्मचारी माग, एसईई उत्तीर्णले आवेदन दिन पाउने

९ श्रावण २०८१, बुधबार ०८:३८

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले ६१ जना कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदमा रही कार्य गर्न योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।

कम्पनीले सुपरभाईजरमा १५ जना, वरिष्ठ सहायकमा ७ जना, सहायकमा १४ जना र कनिष्ठ सहायकमा २५ जना माग गरेको हो ।
सुपरभाईजरका लागि स्नातक वा प्रविणता तह उत्तीर्ण गरी निकटतम तल्लो पदमा ३ वर्ष वा एसएलसी उत्तीर्ण गरी निकटतम तल्लो तहमा ४ वर्षको अनुभव भएकाले आवेदन दिन पाउनेछन् । वरिष्ठ सहायकका लागि पनि सोही शैक्षिक योग्यतामा २ वा ३ वर्ष कार्यानुभव भएकाले आवेदन दिन पाउनेछन् ।

सहायकका लागि प्रविणता प्रमाणपत्र वा एसएलसी उत्तीर्ण गरी निकटतम तल्लो तहमा २ वर्ष अनुभव भएका र कनिष्ठ सहायकका लागि एसईई वा एसएलसीमा कम्तीमा डी प्लस ग्रेड (१.६० जीपीए) सहित उत्तीर्ण भएकाले आवेदन दिन पाउनेछन् ।

उमेरको हदमा १८ वर्ष पूरा भई ३५ ननाघेको र महिलाको हकमा माथिल्लो उमेरमा ५ वर्ष थप हुनेछ । इच्छुक तथा योग्य व्यक्तिले कम्पनीको केन्द्रीय कार्यालय वा इमेठ ठेगानामार्फत आवेदन दिनु पर्नेछ ।

5 thoughts on “कालिका लघुवित्तमा ६१ जना कर्मचारी माग, एसईई उत्तीर्णले आवेदन दिन पाउने

  1. Prem shrestha says:

    I am interested

  2. Dharmaraj neupane says:

    Interview chiii kata hunxa rw

  3. Mohan Bahadur Bohara says:

    I want to succeed in a stimulating and challenging environment that will provide me with advancement opportunities.

  4. Ramala chaudhary says:

    2072. ma s.l.c. grad
    B+ r +2. 2076ma. Kilian greko and 6. mhina samta gharelu lghubit bitiy sasthma. Shayk. Krmcharima kam greko

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*