कामना सेवा विकास बैंकको नाफा ६६% बृद्धि, ईपीएस कति?

९ श्रावण २०८१, बुधबार ०८:११

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ६० करोड ३२ लाख भन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म ३६ करोड १३ लाखभन्दा बढी खुद नाफा गरेको बैंकले यस वर्ष करीब ६६ दशमलव ९३ प्रतिशत बढी खुद नाफा गरेको हो ।

अघिल्लो आवमा भन्दा गत आवमा बैंकले ५३ दशमलव ८ प्रतिशत बढी सञ्चालन नाफा गरेको छ । अघिल्लो आवमा बैंकले ६३ करोड ९१ लाख सञ्चालन नाफा गरेकोमा गत आवमा ९७ करोड ८४ लाख रुपैयाँ सञ्चालन नाफा गरेको हो ।

चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा ३५ करोड ७८ लाख रुपैयाँ रहेको छ । चुक्ता पूँजी तीन अर्ब २८ करोड ११ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ३५ करोड ७८ लाख रुपैयाँभन्दा बढी छ ।

बैंकले रिजर्भको आकार एक अर्ब ४० करोड रुपैयाँबाट बढाएर एक अर्ब ७५ करोड रुपैयाँ पुर्याएको छ । समीक्षा अवधिसम्म बैंकले ग्राहकबाट ५९ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन र ४५ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा ३ दशमलव ०९ प्रतिशतबाट बढेर ३ दशमलव २१ प्रतिशत पुगेको छ । खराब कर्जा बढे तापनि बैंकको ईपीएस ११ रुपैयाँ १ पैसाबाट बढेर १८ रुपैयाँ ३८ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ४८ पैसा कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*