अमेरिकी डलरको भाउ हालसम्मकै उच्च, यस्तो छ आजको विनिमयदर

९ श्रावण २०८१, बुधबार ०६:३८

काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन ९ गतेका लागि मुद्राको विनिमयदर निर्धारण गरेको छ । सोका अनुसार यस दिन अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज एक अमेरिकी डलरको खरीदमूल्य १३३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३४ रुपैयाँ २१ पैसा रहेको छ ।

आज एक कतारी रियाल खरीदका लागि ३६ रुपैयाँ ६४ पैसा र बिक्रीका लागि ३६ रुपैयाँ ८० पैसा लाग्ने भएको छ । आज मलेसियर रिंगिटको भाउ पनि ६ पैसाले बढेर खरीदमूल्य २८ रुपैयाँ ६० पैसा र बिक्रीमूल्य २८ रुपैयाँ ७३ पैसा पुगेको छ ।

एक साउदी अरेबियन रियाल खरीदका लागि ३५ रुपैयाँ ६२ पैसा र बिक्रीका लागि ३५ रुपैयाँ ७८ पैसा लाग्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार यस दिन १० जापानी यन खरीदका लागि ८ रुपैयाँ ५६ पैसा र बिक्रीका लागि ८ रुपैयाँ ६० पैसा र एक अस्ट्रेलियन डलर खरीदका लागि ८८ रुपैयाँ ५१ पैसा र बिक्रीका लागि ८८ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*