बेष्ट फाइनान्सको २९ हजार कित्ता शेयर बिक्रीमा

९ श्रावण २०८१, बुधबार ०६:०९

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी दिपक तुलाधरको नाममा रहेकोे २९ हजार ४८३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन् । सो शेयर किन्न इच्छुक शेयरधनीले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ ।

उक्त समयावधिभित्र संस्थापक शेयरधनीबाट शेयर खरीद गर्न आवेदन नपरेमा सो शेयर सर्वसाधारण व्यक्ति र संघसंस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*