सूर्यज्योति लाइफद्वारा लकी ड्र मार्फत बिजेता घोषणा

८ श्रावण २०८१, मंगलवार १८:३०

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ल्याएको नविकरण बीमाशुल्क अव अनलाइन मार्फत भुक्तानी गर्नुहोस् र जित्नुहोस् ‘उपहारै–उपहार’ योजनाका विजेताहरुको नामावली सार्वजनिक गरेको छ । कम्पनीले असार २४ गतेदेखि लागु गरेको उक्त योजनामा असार ३१ गतेसम्म कायम रहेका बीमितहरु लकी ड्र मार्फत बिजेता बनेका हुन् ।

कम्पनीले आज सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट लकी ड्र मार्फत शिला खुलाललाइ बम्पर बिजेता घोषणा गरेको छ । उनले स्मार्टफोन पाएकी छिन् । साथै, डेली लकी ड्र मार्फत नवराज परियार, लाल काजी तामाङ, दिसव कार्की, सुमन ढकाल, दिप सागर जीएम, बिर्ख कामी, सुवास शर्मा र बिनोद बहादुर वलीलाई बिजेता घोषणा गरेको हो ।

कम्पनीका अनुसार डेली बिजेताहरुले सूर्यज्योति व्याग र छाता लगायतका सामाग्री पाएका छन् । उक्त योजनामा कम्पनीका बीमितहरुको उल्लेख्य रुपले सहभागि रहेका कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*