आइमएमई लाइफको ब्रान्च म्यानेन्जर कन्फ्रेन्स २०८१ पोखरामा सम्पन्न (फोटो फिचर सहित)

८ श्रावण २०८१, मंगलवार १८:०९

काठमाडौं । आइमएमई लाइफको ब्रान्च म्यानेन्जर कन्फ्रेन्स २०८१ पोखरामा सम्पन्न भएको छ ।साउन पाँच गतेदेखि आठ गतेसम्म संचालन भएको उक्त कन्फ्रेन्स भव्यताका साथ सम्पन्न भएको हो ।

पोखरामा देशैभरका ब्रान्च म्यानेन्जरहरुको उपस्थितीमा कार्यक्रम आज सम्पन्न हुने भएको छ ।कार्यक्रममा कम्पनीका देशैभर शाखा कार्यालयका ब्रान्च म्यानेन्जरहरुको उपस्थिती रहेको थियो । कम्पनीले उत्कृष्ट कार्यसम्पादन गर्ने ब्रान्च म्यानेनजरलाई सम्मान समेत गरेको थियो ।

कम्पनीका शाखा प्रमुख एवं मार्केटिङ कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्ने उदेश्यले सम्पन्न गरिएको उक्त कार्यक्रममा जीवन बीमा व्यवसाय संग सम्वन्धित वर्तमान पाटो बारे विवेचनागरी चालु आ.व.को बाँकी अवधिको व्यवसायिक खाका कोर्ने उदेश्यले आयोजना गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले ब्रान्च म्यानेजलाई प्रोत्साहन गर्न हरेक बर्ष यस्ता सम्मान तथा उत्प्ररेणामूलक कार्यक्रमहरु गर्दै आईरहेको छ।

(फोटोफिचर)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*