अर्थमन्त्रालयका नजरमा अर्थतन्त्रका ४६ चुनौतीः २९ तत्काल कार्यान्यनमा ल्याउने तयारी

खराब कर्जादेखि सहुलीयतपूर्ण ऋणमा जोड
८ श्रावण २०८१, मंगलवार १७:४७

काठमाडौं । अर्थ मन्त्रालयले नेपालको विद्यमान अर्थतन्त्रमा विशेष गरी ४६ वटा चुनौती रहेको तथ्य औंल्याएको छ । यी मध्ये तत्कालका लागि २९ वटा क्षेत्रमा तत्काल कदम चाल्न जरुरी रहेको देखाईएको छ।

देशको अर्थतन्त्रमा देखा परेका चुनौती र तिनलाई सामना गर्ने उपायबारे आयोजित छलफलमा अर्थमन्त्रालयका सचिव र सहसचिवले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई यस्तो बताएका हुन् । उक्त कुरा सुनेपछि मन्त्री पौडेलले चुनौतीहरुको प्राथमिकीकरण गरी समाधान गर्दै अघि बढ्ने बताएका छन् ।

जसमा बैंकिङ क्षेत्रतर्फ कर्जा प्रवाहलाई उत्पादनमूलक क्षेत्रमा निर्देशित गर्न नसकिएको, खराब कर्जा नियन्त्रणमा राख्ने चुनौती रहेको बिषय, नियमन प्रभावकारी हुन नसकेको, सहकारी नियमनमा फितलो भएको कुरा सपष्ट राखेको हो ।

Press-Note-Challenges-and-wayout-of-Nepalese-Economy (1)

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*