सबै बीमा कम्पनीको शेयरमूल्य वृद्धि, कुनको कति पुग्यो ?

८ श्रावण २०८१, मंगलवार १६:५०

काठमाडौं । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार उच्च अंकले वृद्धि भएकोृ छ । आज नेप्से परिसूचक ७५ अंकले बढेर २५६३ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै बीमा क्षेत्रका सबै कम्पनीहरुको शेयरमूल्य वृद्धि भएको छ । आज सबै बीमा कम्पनीका लगानीकर्ताहरुले उचित मूल्यमा शेयर कारोबार गरेका छन् । आज हिमालयन रिइन्स्योरेन्सको शेयरमूल्य २.३३ प्रतिशतले बढेर ६७७ रुपैयाँ र नेपाल रिइन्स्योरेन्सको १.५२ प्रतिशतले बढेर ७९२ रुपैयाँमा कारोबार भएको छ ।

मंगलबार लाइफ इन्स्योरेन्स उपसूचक ४.४५ प्रतिशत अर्थात ५१८ अंकले वृद्धि भई १२ हजार १७० को अंकमा कायम भएको छ । आज यस उपसूचकमा कारोबार भएका १२ वटा सबै कम्पनीको शेयरमूल्य बढेको छ । एशियन लाइफ इन्स्योरेन्सको ५.२२ प्रतिशतले सर्वाधिक बढेको छ ।

त्यस्तै, ननलाइफ इन्स्योरेन्स उप–सूचक आज ४.३७ प्रतिशतले वृद्धि भएर १२,५२० को बिन्दुमा कायम भएको छ । यस उप–सूचकमा कारोबार भएका सबै कम्पनीहरुको शेयरमूल्य बढेको छ । जसमा आज आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ६.८६ प्रतिशतले सर्वाधिक बढ्दै ६१९ रुपैयाँमा कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*