८ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, कुनको कतिले बढ्यो ?

८ श्रावण २०८१, मंगलवार १५:११

काठमाडौं । साता कारोबारको् तेस्रो दिन अर्थात मंगलबार पनि शेयर बजार उच्चा अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक ७५.३३ अंकले बढेर २५६३.४३ को विन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै आज कारोबार भएका कम्पनीहरुमध्ये २२० वटाको शेयरमूल्यमा हरियाली छाएको छ । योसँगै आज ८ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

मंगलबार बोटलर्स नेपाल (बालाजु), समृद्धि फाइनान्स, माण्डु हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट, नेपाल वेयरिङ हाउस, साहस उर्जा लगायतका कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*