७५ अकंले बढ्यो नेप्से, १४ अर्बको कारोबार हुँदा २५६३ मा परिसूचक, मौद्रिक नीति खुकुलो आउँदैछ ?

८ श्रावण २०८१, मंगलवार १५:०७

काठमाडौँ । शेयर बजारमा रौनक कायमै रहेको छ । बजार निरन्तर उचाई तिर लम्किदा शेयर बजारका लगानीकर्तामा उत्साहको माहोल सिर्जना भइरहेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाकार डा.युवराज खतिवडाले अबको मौद्रिक नीति खुकुलो आउके संकेत गरेसँगै शेयर बजारमा रौनक देखिएको छ । खतिवडाले सोमबार एक टेलिभिजन कार्यक्रममा बोल्दै मौद्रिक नीति केहि खुकुलो आउने तर्क राखेका थिए । जसले गर्दा लगानीकर्ताको मनोबल उच्च बनेको छ ।

उनले शेयर बजारलाई सरकारले निरत्साहन नगर्ने बताएका छन् । यता अर्थतन्त्रले समेत लय लिइरहेको र बैंकको ब्याजदर समेत निरन्तर ओरालो लागि रहेको हुँदा यसले बजारलाई माथि लैजान थप मद्दत गर्नेछ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्सें ७५.३३ अकंले बढेर २५६३.४३ बिन्दुमा कायम भएको छ । यो परिसूचक २९ महिना यताकै उच्च हो । आज ३१७ कम्पनीको ३ करोड ९७ लाख ९० हजार ८८९ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ११ करोड ६३ लाख ३० हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । मंगलबार बैंकिङ समूहको २.३९ प्रतिशत, विकास बैंक समूहको २.९६ प्रतिशत, फाइनान्स समूहको २.५३ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.१४ प्रतिशत, हाइड्रोपावर समूहको ३.९७ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज ८ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*