‘क्लोज आउट’मा पर्दा लगानीकर्ताले तिरे साढे ६ करोड रुपैयाँ जरिवाना (सूची सहित)

८ श्रावण २०८१, मंगलवार १४:२३

काठमाडौं । समयमा नै शेयर ट्रान्सफर नगरेको कारण गत बर्षमा साढे ६ करोड बढी जरिवाना तिरेका छन् । हतारमा शेयर बिक्रि गरेर क्लोज आउटमा पर्नेले असार मसान्तसम्ममा साढे ६ करोड रुपैयाँ तिरेका हुन् ।गत आर्थिक वर्ष २०८०÷०८१ मा २९ लाख ७१ हजार ८९४ पटक क्लोज आउटमा परी लगानीकर्ताले ६ करोड ६५ लाख रुपैयाँ जरिवाना तिरेको आइटी विभाग प्रमुख सुरेश न्यौपानेले जानकारी दिएका छन् ।

लगानीकर्ताहरुले शेयर बिक्रि गरेपछि समयमा रकम ब्रोकरको खातामा ट्रान्सफ।र (ईडीआईएस) नगर्दा ६ करोड ६५ लाख रुपैयाँ जरिवाना तिरेका हुन् ।क्लोज आउटमा पर्ने लगानीकर्ताको संख्या आर्थिक वर्ष २०७९÷०८० मा ६ लाख २ हजार २३८ रहेकामा गत आर्थिक वर्ष २९ लाख ७१ हजार पुगेको हो।

अघिल्लो वर्ष क्लोज आउटमा परेका लगानीकर्ताले ४ करोड १७ हजार रुपैयाँ जरिवाना तिरेका थिए ।

सीडीएस एण्ड क्लियरिङका एक अधिकारीले बजारमा कारोबारको भोलुम बढ्दै जाँदा त्यसले क्लोज आउट संख्या बढाएको बताउँछन् ।ती अधिकारीले कारोबार अनुसार नयाँ लगानीकर्तालाई सेयर बिक्री गरेपछि ट्रान्सफर गर्नुपर्छ भन्ने थाहा नहुँदा यस्तो समस्या भएको हो।

गत आर्थिक वर्ष आधा दर्जन कम्पनीले ९ अर्ब ८० करोडको आइपीओ जारी गरेका थिए ।लगानीकर्ताले सेयर बिक्री गरिसकेपछि त्यसलाई ट्रान्फफर गर्नुपर्छ । बिक्री गरेको सेयर पर्सिपल्ट मध्यान्ह १२ बजेभित्र ट्रान्फफर गरिसक्नु पर्छ ।

नभए क्लोज आउटमा परिन्छ । क्लोज आउटमा पर्ने लगानीकर्ताले कारोबारको २० प्रतिशत जरिवाना तिर्नुपर्छ।बजार बढ्न थालेपछि सेयर बिक्री गर्न हतारिने प्रवृत्ति छ । मेरो सेयर र डिम्याट खाता नवीकरण भए÷नभएको मतलव नगर्दा यस्तो समस्या उत्पन्न हुन सक्ने शेयर बजार विश्लेषकहरुको धारणा रहेको छ।
साउन महिनामा ८७ हजार ९ सय ७९ क्लोज आउट फाइनमा पर्दा ५३ लाख ५० हजार रुपैयाँ जरिवानामा परेका छन् ।

भदौं महिनामा ५७ हजार ३ सय ७६ क्लोज आउट फाइनमा पर्दा ४४ लाख ७२ हजार रुपैयाँ जरिवाना परेका छन् ।

त्यस्तै, असोजमा ६५ हजार २ सय १२ क्लोज आउट फाइनमा पर्दा ३६ लाख ५८ हजार १ सय ९८ रुपैयाँ, कात्तिकमा ११लाख ६६ हजार रुपैयाँ, मंसिर महिनामा ३३ हजार ६७ लाख रुपैयाँ, पुस महिनामा ९३ हजार ४७ लाख रुपैयाँ, माघ महिनामा १ करोड ४६ लाख रुपैयाँ, फागुन महिनामा ३७ लाख ४७ हजार रुपैयाँ, चैत महिनामा ४४ लाख ५८ हजार रुपैयाँ, बैशाखमा ४४ लाख ५८ हजार रुपैयाँ, जेठ महिनामा ५७ लाख ४७ हजार रुपैयाँ र असार महिनामा ६१ लाख २० हजार रुपैयाँ जरिवानामा परेका छन् ।

लगानीकर्ताले आफूसँग नभएको सेयर बिक्री गरेमा क्लोज आउटमा पर्छन्। यदि लगानीकर्ताले सेयर बिक्री गरेपछि राफसाफका लागि ’डिआइएस स्लिप’ नबुझाए पनि क्लोज आउटमा पर्न सक्छन्।
कुनै लगानीकर्ताले आफूसँग भएको सेयरभन्दा धेरै कित्ता सेयर बिक्रीका लागि आवेदन दिन्छन्। आफूसँग कति कित्ता छ नहेरिकन धेरै कित्ताको लागि आवेदन दिदा उनीहरु समस्यामा पर्छन्। नेप्सेको अनलाइन प्रणालीको कारणले पनि धेरै लगानीकर्ता क्लोज आउटको समस्यामा परेका थिए।

क्लोज आउटमा प¥यो भने लगानीकर्ताले आफूले बिक्री गरेको सेयर मूल्यको २० प्रतिशत जरिवाना तिर्नु पर्छ। यदि सेयरधनीले १० लाख रुपैयाँको सेयर बिक्री ग¥यो र ऊसँग सेयर छैन भने दुई लाख रुपैयाँ जरिवाना तिर्नु पर्छ। उक्त दुई लाखको २५ प्रतिशत सरकारले राजस्वका रुपमा प्राप्त गर्छ। बाँकी ७५ प्रतिशत सेयर खरिद गर्ने लगानीकर्ताले प्राप्त गर्दछ।

एक पटक आवेदन दिँदा ’कन्फर्म नोटिफिकेसन’ नआउने तर प्रणालीबाट भने बिक्री भइसक्ने अवस्था थियो। उक्त नोटिफिकेसन नआउँदा लगानीकर्ताले बिक्री नभएको भन्दै दोहो¥याएर आवेदन दिँदा क्लोज आउटमा पर्ने समस्या थियो। अनलाइन प्रणालीमा समस्या आउँदा यस्ता घटना दोहोरिने गरेको ब्रोकर एशोसियनहरु बताँउछन् । सेयर बिक्री गर्नुअघि लगानीकर्ता चनाखो नहुँदा क्लोज आउटमा पर्ने समस्या धेरै देखिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*