हिमालयन लाइफका कृष्ण बहादुर भट्टराई बने नेपाल टप, टिमकोडबाट ४ करोड २४ लाखको व्यवसाय गर्न सफल

८ श्रावण २०८१, मंगलवार १४:०९

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका कृष्ण बहादुर भट्टराई गत आर्थिक वर्षमा टिमकोडबाट सर्वाधिक कारोबार गर्ने अभिकर्ता बन्न सफल भएका छन् । गत आर्थिक वर्ष २०८०।०८१ को असार मसान्तसम्म टिमकोड मार्फत ४ करोड २४ लाख २७ हजार रुपैयाँको कारोबार गर्दै उनी सर्बोत्कृष्ठ एजेन्सी बन्न सफल भएका हुन् ।

गण्डकी प्रदेश, पोखरा ८ मा स्थायी ठेगाना भएका भट्टराईले उक्त क्षेत्रका नागरिहरुको बीमा गर्दैै जीवन रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएका छन् । शिक्षण पेशामा पनि आवद्ध भएका अभिकर्ता भट्टराई विगत १७ वर्षदेखि बीमा क्षेत्रमा सक्रिय रुपले लागिपरेका छन् ।

कुनै पनि सफलताको पछाडी धैरै कुराहरु रहेको जिकिर गर्दै उनले भने, ‘म विगत १७ वर्षदेखि बीमा क्षेत्रमा आवद्ध रहदै बीमा व्यवसाय पनि गर्दै आएको छु । मेरो व्यक्तिगत विकास र आर्थिक विकासको लागि पनि बीमाले धेरै सहयोग गरेको छ।’ उनको लगातारको प्रयास र मिहिनेतका कारणले उनी बीमा क्षेत्रमा जम्दै आएका छन् । कम्पनीका कर्मचारी तथा नागरिकहरुसँग समधुर सम्बन्ध रहेका उनले पोखरामा नागरिकहरुलाई बीमा गर्न दैनिक प्रस्ताव गर्दै आएका छन् ।

आफ्नो सफलताको श्रेय कम्पनीको बगर शाखा प्रबन्धक तथा लिडर श्याम प्रसाद तिमिल्सेनालाई दिएका उनले भने, ‘मलाई टिम लिडर श्याम प्रसाद तिमिल्सेना सरले अध्यापनको साथ–साथै बीमा व्यवसायमा पनि जोडिन आग्रह गरेपछि उहाँसँग लगातार ५ दिन काम गर्दा पहिलो एमडीआरटी र नेपाल टप भएको स्मरण गर्दै व्यवसाय सिक्दै अगाडि बढ्दै गएको हुँ।’

उनी सन २०२५ को लागि पनि एमडीआरटी क्वालिफायर्ड भएका छन् । यो सँगै भट्टराई ७ पटक एमडीआरटी बनेका छन् । कोभिड १९ ले देशको आर्थिक अवस्था कमजोर भएको अवस्थामा पनि उनले ९ जनालाई एमडीआरटी बनाएको बताएका छन् ।

भट्टको जीवनमा कुनै कुराको कमि थिएन । अहिले पनि उनी पोखरामा शिक्षण पेशाबाट मनग्य आम्दानी गर्दै आएका छन् । आर्थिक रुपमा आफै सफल उनले बीमामार्फत जनताको सेवा गर्ने भावनालाई मर्न नदिई जोखिम हस्तान्तरण कार्यमा निरन्तर सक्रिय भएर लागि रहेका छन् ।बीमा अभिकर्ताहरुलाई सही रुपमा परिचालन गरेकै कारण उनले यस पटकको टिमकोडबाट सर्वोत्कृष्टको उपाधी हासिल गर्न सफल भएका छन् ।

One thought on “हिमालयन लाइफका कृष्ण बहादुर भट्टराई बने नेपाल टप, टिमकोडबाट ४ करोड २४ लाखको व्यवसाय गर्न सफल

  1. Kishnazee says:

    Thank u beema post n Rajan sir.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*