बंगलादेशको केन्द्रीय बैंकसहित सरकारी निकायको वेबसाइट ह्याक

८ श्रावण २०८१, मंगलवार १३:३६

काठमाडौँ । बंगलादेशको विभिन्न सरकारी निकायको वेबसाइट ह्याक भएको छ । चर्किरहेको आरक्षणविरोधी आन्दोलकाबीच बंगलादेशको प्रधानमन्त्री कार्यालय, केन्द्रीय बैँक र प्रहरीको आधिकारिक वेबसाइटहरू द रेजिष्टेन्स नामक समूहद्वारा ह्याक गरिएको हो ।

तीनवटै वेबसाइटहरूमा , ‘अपरेसन हन्टडाउन , विद्यार्थीहरूको हत्या रोकौँ । अब यो विरोध मात्र नभई एक युद्ध हो’ भनी रातो अक्षरमा समान सन्देश जारी गरिएको छ ।

सन्देशमा विद्यार्थीको शान्तिपूर्ण विरोध प्रदर्शनलाई सरकारलगायत राजनीतिक सहयोगीको क्रूर हिंसा र हत्याको सामना गर्नुपरेको उल्लेख गर्दै अब यो विरोध मात्र नभई न्याय, स्वतन्त्रता र भविष्यका लागि युद्ध भएको जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*