धितोमा राखेर गाडी लिएका ३६ ऋणीलाई समयमा कर्जा तिर्न आग्रह
८ श्रावण २०८१, मंगलवार १३:३०
काठमाडौं । हायर पर्चेज कर्जा लिएका ३६ जना ऋणीलाई हुलास फिनभर्स हायर पर्चेज लिमिटेडले कर्जा चुक्ता गर्न आग्रह गरेको छ ।
साविक हुलास फिन सर्भ लिमिटेडबाट हायर पर्चेज कर्जा सुविधा लिएका ३६ जना ऋणीलाई कम्पनीले ३५ दिनभित्र कर्जा चुक्ता गर्न भनेको हो ।
ऋणीले ३५ दिनभित्र पनि कर्जा चुक्ता नगरेमा ऋणी तथा जमानीकर्ताको नाम कालोसूचीमा समावेश गरिनुका साथै आफ्नो लेना रकम असूलउपर गर्न धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गर्ने तथा अन्य उपयुक्त कानूनी उपचार गरिने कम्पनीले जनाएको छ ।