सिप्रदीको एक वर्षमा साढे १० अर्बको व्यापार गायब, कमर्सियल भेहिकलको ब्यवसाय नाजुक

काठमाडौँ । देशकै सबैभन्दा ठुलो गाडि बिक्रेता कम्पनी सिप्रदी ट्रेडिङको ब्यवसाय इतिहासकै नाजुक अवस्थामा पुगेको छ । कुनै समय नेपाली अटो बजारमा ठुलो हिस्सा ओगट्ने सिप्रदीको व्यापार पछिल्लो समय निरन्तर खुम्चि रहेको हो । टाटाको गाडी बिक्री गर्ने आधिकारिक डिलर सिप्रदी ट्रेडिङको एक वर्षको अवधिमा साढे १० अर्ब व्यापार गायब भएको छ । इक्रा नेपालका अनुसार सन् २०२३ मा कम्पनीले १८ अर्ब ३० करोड ४० लाख रुपैयाँको व्यापार गरेको हो । जुन सन् २०२२ को तुलनामा ३६.७८ प्रतिशत अर्थात् १० अर्ब ६५ करोड १० लाख रुपैयाँले कम हो । सन् २०२२ मा कम्पनीले २८ अर्ब ९५ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । देशमा आएको आर्थिक मन्दि र कोरोनाको समयमा समेत सन्तोषजनक व्यापार गरेको सिप्रदीको पछिल्लो समय ब्यवसाय निरन्तर खुम्चिन थालेपछि हो । कम्पनीको ब्यवसाय इतिहासकै खराब अवस्थामा पुगेको छ । कोरोना समय सन् २०२१ मा २५ अर्ब ४१ करोड ९० लाख रुपैयाँ, सन् २०२० मा १९ अर्ब ७० करोड ५० लाख रुपैयाँ र सन् २०१९ मा ३१ अर्ब ३ करोड ५० लाख रुपैयाँको व्यापार कम्पनीले गरेको थियो । टाटाको गाडी बिक्री गर्ने आधिकारिक डिलर सिप्रदी ट्रेडिङले नयाँ भन्दै पुरानो गाडी बिक्री गर्ने गरेको खुलासा काठमाडौँ महानगरपालिकाले गरेको थियो । सोहि सिप्रदीको ब्यवसाय अहिले निकै संकट अवस्थामा पुगेको हो … Continue reading सिप्रदीको एक वर्षमा साढे १० अर्बको व्यापार गायब, कमर्सियल भेहिकलको ब्यवसाय नाजुक