सिप्रदीको एक वर्षमा साढे १० अर्बको व्यापार गायब, कमर्सियल भेहिकलको ब्यवसाय नाजुक

८ श्रावण २०८१, मंगलवार ११:३१

काठमाडौँ । देशकै सबैभन्दा ठुलो गाडि बिक्रेता कम्पनी सिप्रदी ट्रेडिङको ब्यवसाय इतिहासकै नाजुक अवस्थामा पुगेको छ । कुनै समय नेपाली अटो बजारमा ठुलो हिस्सा ओगट्ने सिप्रदीको व्यापार पछिल्लो समय निरन्तर खुम्चि रहेको हो ।

टाटाको गाडी बिक्री गर्ने आधिकारिक डिलर सिप्रदी ट्रेडिङको एक वर्षको अवधिमा साढे १० अर्ब व्यापार गायब भएको छ । इक्रा नेपालका अनुसार सन् २०२३ मा कम्पनीले १८ अर्ब ३० करोड ४० लाख रुपैयाँको व्यापार गरेको हो । जुन सन् २०२२ को तुलनामा ३६.७८ प्रतिशत अर्थात् १० अर्ब ६५ करोड १० लाख रुपैयाँले कम हो । सन् २०२२ मा कम्पनीले २८ अर्ब ९५ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।

देशमा आएको आर्थिक मन्दि र कोरोनाको समयमा समेत सन्तोषजनक व्यापार गरेको सिप्रदीको पछिल्लो समय ब्यवसाय निरन्तर खुम्चिन थालेपछि हो । कम्पनीको ब्यवसाय इतिहासकै खराब अवस्थामा पुगेको छ । कोरोना समय सन् २०२१ मा २५ अर्ब ४१ करोड ९० लाख रुपैयाँ, सन् २०२० मा १९ अर्ब ७० करोड ५० लाख रुपैयाँ र सन् २०१९ मा ३१ अर्ब ३ करोड ५० लाख रुपैयाँको व्यापार कम्पनीले गरेको थियो ।

टाटाको गाडी बिक्री गर्ने आधिकारिक डिलर सिप्रदी ट्रेडिङले नयाँ भन्दै पुरानो गाडी बिक्री गर्ने गरेको खुलासा काठमाडौँ महानगरपालिकाले गरेको थियो । सोहि सिप्रदीको ब्यवसाय अहिले निकै संकट अवस्थामा पुगेको हो । टाटाका गाडिको गुणस्तर नै कमजोर हुँदा ग्राहकहरुको रोजाईमा नपर्ने गरेको गुनासोहरुका आइरहेका छन् ।

कमर्सियल भेहिकलको व्यापार नाजुक

कम्पनीको कमर्सियल भेहिकलको व्यापार थप नाजुक अवस्थामा रहेको छ । सिप्रदीमा कमर्सियल भेहिकलको बिक्री झण्डै ७० प्रतिशतले ओरालो लागेको छ । यसले कम्पनीलाई थप धरासयी अवस्थामा पुराएको हो ।

सिप्रदीले एक्साइड ब्याट्री र म्याक लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारक बिक्रेता हो । देशभर सिप्रदीले ३७ वटा आफ्नै र २७ वटा डिलर नेटवर्क विस्तार गरिसकेको छ । कम्पनीको अध्यक्ष सिद्धार्थ समशेर जंगबहादुर राणा र प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ हुन् ।

कम्पनीले १३ अर्ब ७५ करोड रुपैयाँको अल्पकालीन बैंकिङ कर्जाका लागि इक्रा नेपालबाट एनपी ए फोर प्लस रेटिङ पाएको छ ।

One thought on “सिप्रदीको एक वर्षमा साढे १० अर्बको व्यापार गायब, कमर्सियल भेहिकलको ब्यवसाय नाजुक

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*