उन्नती सहकार्य लघुवित्तले माग्यो कर्मचारी, एसईई उत्तीर्णलाई अवसर

८ श्रावण २०८१, मंगलवार १०:३०

काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट विभिन्न पदमा दरखास्त आह्वान गरेको हो ।

कम्पनीले अधिकृत (आईटी) पदको अधिकृत श्रेणी र सुपरभाईजर, वरिष्ठ सहायक प्रशिक्षार्थी÷वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक÷सहायक प्रशिक्षार्थी पदहरूको सहायक श्रेणीमा केही संख्यामा आवेदन खुलाएको हो ।

अधिकृतका लागि सूचना प्रविधि विषयमा स्नातक वा सो सरहको परीक्षा उत्तीर्ण गरेको र सहायकका लागि न्यूनतम एसईई परीक्षा उत्तीर्ण गरेकाले आवेदन दिन पाउनेछन् । सम्बन्धित क्षेत्रमा अनुभव भएकाले प्राथमिकता पाउनेछन् । उमेरको हकमा अधिकृतका लागि २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको र सहायकका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा माथिल्लो उमेर हदमा पाँच वर्ष थप हुनेछ ।

तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिले १५ दिनभित्र कम्पनीको केन्द्ीय कार्यालय वा इमेल ठेगानामार्फत दरखास्त आवेदन दिनुपर्नेछ ।

One thought on “उन्नती सहकार्य लघुवित्तले माग्यो कर्मचारी, एसईई उत्तीर्णलाई अवसर

  1. Sumrit says:

    Sahayk

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*