यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
८ श्रावण २०८१, मंगलवार ०८:०४
काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन ८ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । सोका अनुसार आज एक अमेरिकी डलरको खरीदमूल्य १३३ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३४ रुपैयाँ १६ पैसा रहेको छ ।
त्यसैगरी एक कतारी रियालको खरीदमूल्य ३६ रुपैयाँ ६३ पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ ७९ पैसा रहेको छ भने एक मलेसियन रिंगिटको खरीददर २८ रुपैयाँ ५४ पैसा र बिक्रीदर २८ रुपैयाँ ६६ पैसा रहेको छ ।
आज एक यूएई दिराम खरीदका लागि ३६ रुपैयाँ ३६ पैसा र बिक्रीका लागि ३६ रुपैयाँ ५३ पैसा तोकिएको छ भने १० जापानिज यनको खरीदभाउ ८ रुपैयाँ ५२ पैसा र बिक्रीभाउ ८ रुपैयाँ ५६ पैसा रहेको छ ।