श्रृजनशील लघुवित्तको साधारणसभा साउन ३२ गते, केके छन् एजेण्डा?

८ श्रावण २०८१, मंगलवार ०८:३३

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको पाचौं वार्षिक साधारणसभा साउन ३२ गते शुक्रबार बस्ने भएको छ । कम्पनीको साउन ४ गते बसेको सञ्चालक समितिको बैठकले महोत्तरीको बर्दिवासस्थित विनायक होटलमा बिहान ११ बजेदेखि सभा बोलाएको हो ।

सभाले आर्थिक वर्ष २०७९।८० को वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान र नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै आव ०८०।८१ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ । सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एकजना सदस्यको निर्वाचन गर्नेछ ।

सभाले मर्जरका लागि उपयुक्त वित्तीय संस्था पहिचान गरी मर्जर सहमतिमा हस्ताक्षर गर्ने र सोका लागि तथा आवश्यक कुनै विषयमा थप संशोधन र परिवर्तन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*