प्रतिकित्ता १०१ रुपैयाँमै निफ्राको शेयर बिक्री गर्दै एनआईसी एशिया बैंक

८ श्रावण २०८१, मंगलवार ०७:१०

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रान्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ । बैंकले आफ्नो स्वामित्वको १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयर विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण वा संघसस्थाहरूले खरीद गर्न पाउनेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०१ रुपैयाँ निर्धारण गरिएको छ । शेयर खरीदका लागि बोलकबोल गर्दा घटीमा पाँच हजार कित्ता र बढीमा सम्पूर्ण कित्ता शेयर खरीदका लागि आवेदन दिन सकिनेछ ।

उक्त शेयर खरीद गर्न इच्छुक जोकोहीले बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल, एनआईसी एशिया बैंकको कर्पाेरेट कार्यालय वा विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगर शाखा कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र फाराम पनि सोही स्थानमा पाइनेछ ।

आवेदन आज साउन ८ गतेदेखि साउन १५ गते कार्यालय समयभित्र पेश गरिसक्नु पर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*