सूर्याेदय वोमी लघुवित्तको १ लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

८ श्रावण २०८१, मंगलवार ०६:५३

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले दुई जना संस्थापक शेयरधनीको नाममा रहेको एक लाख ६ हजार ८४८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयर संस्थापक शेयरधनीले खरीद गर्न नचाहेपछि सर्वसाधारणले मात्र खरीद गर्न पाउने गरी पुनः बिक्रीमा ल्याइएको हो । सो शेयर खरीद गर्न इच्छुक सर्वसाधारण व्यक्ति वा संघसंस्थाले ३५ दिनभित्र कम्पनीको कर्पाेरेट कार्यालय वा शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडमा निवेदन दिनुपर्नेछ । सो शेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*