टानको नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी, गठबन्धनको प्रयासमा

७ श्रावण २०८१, सोमबार १६:५६

काठमाडौँ । पदयात्रा सञ्चालन गर्ने व्यवसायीहरूको संगठन ट्रेकिङ एजेन्सी अफ एसोसिएसन नेपाल (टान) को नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी बढेको छ । एमाले, कांग्रेस र माओवादीनिकट व्यवसायीहरू नेतृत्वका लागि दाबेदार देखिएका छन् । गठबन्धनको प्रयासमा पनि लागेका छन् ।

एमालेनिकट पर्यटन व्यवसायीहरूले राजेन्द्रप्रसाद सापकोटालाई टानको अध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेका छन् । एमालेनिकट पर्यटन व्यवसायीहरूको बैठकले सापकोटालाई अगाडि सार्ने निर्णय लिएपछि कांग्रेस र माओवादीनिकट व्यवसायीहरू पनि छलफलमा जुटेका छन् ।

टानको अघिल्लो चुनावमा एमाले र कांग्रेसले गठबन्धन गरेका थिए । त्यतिबेला एमाले र कांग्रेस मिल्दा कांग्रेसले अध्यक्ष लिएको थियो । अहिले पनि एमाले र कांग्रेसको गठबन्धन हुने सम्भावना छ । त्यस्तो अवस्थामा अध्यक्ष एमालेले पाउने सम्भावना छ । तर, अहिलेसम्म औपचारिक सहमति भने भएको छैन ।

माओवादी केन्द्रका सागर पाण्डेसहितको एउटा पंक्ति भने कांग्रेससँग मिल्नुपर्ने लाइनमा छ । कांग्रेसको समर्थनमा अध्यक्षको उम्मेदवार हुने भन्दै पाण्डेले पार्टीभित्र आफूलाई अध्यक्षको उम्मेदवार बनाउन माग गरिरहेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*