सांग्रिला होटलका अध्यक्ष श्यामबहादुर पाण्डेको निधन

७ श्रावण २०८१, सोमबार १८:१२

काठमाडौं। प्रसिद्ध होटेल व्यवसायी श्यामबहादुर पाण्डेको निधन भएको छ । पाण्डेको उपचारको क्रममा काठमाडौंको धापासीस्थ्ति ग्राण्डी ईन्टरनेश्नल हस्पिटलमा उपचारको क्रममा निधन भएको हो ।

सन् १९३६ अक्टोबर १२ मा काठमाडौंको सैनिक परिवारमा जन्मिएका पाण्डे सांग्रिला होटेलका संस्थापक हुन् । काठमाडौंबाटै विद्यालय शिक्षा हाँसिल गरेका पाण्डेले भारतबाट स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका थिए । अमेरिकाको लस एजन्लसबाट पब्लिक एड्मिनिष्ट्रेशनमा उनले डिप्लोको अध्ययनपनि गरेका थिए ।

नेपालको पर्यटन क्षेत्रका पायोनिर पाण्डेले सुरुवाती दिनमा नेपालबाट चीनमा चामललगायतका खाद्यान्न निर्यात गर्ने गर्थे । पाण्डेयले देश विकासमा पुर्याएको योगदानको कदर गर्दै दुई पटक प्रवल गोरखाबाहु दक्षिण प्राप्त गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*