‘नेशनल लाइफ गला कन्सर्ट’ को तयारी अन्तिम चरणमा, देशभरीबाट करिब ३ सय अभिकर्ता आउदै

७ श्रावण २०८१, सोमबार १६:१४

काठमाडौं । नेशनल लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले काठमाडौंमा चर्चित कलाकारसहित आयोजना गर्न लागेको ‘नेशनल लाइफ गला कन्सर्ट’ को तयारी अन्तिम चरणमा पुगेको छ । आफ्ना अभिकर्ताहरुको क्षमता अभिवृद्धि र मनोबल बढाउनुका साथै अभिकर्ताहरुको मनोरन्जनको लागि कम्पनीले उक्त कन्सर्ट आयोजना गर्न लागेको हो ।

नेशनल लाइफ गला कन्सर्ट यही साउन १३ गते काठमाडौंको सोल्टी होटलमा आयोजना हुने भएको छ ।नेशनल लाइफ गला कन्सर्टमा नेपालका चर्चित कलाकार प्रमोद खरेल, कमेडियन सन्दिप क्षेत्री, हेमन्त शर्मा, मेलिना राई र डिजे नानीको बेजोड प्रस्तुती रहने भएको छ ।

योजना अनुसार गत आर्थिक वर्षको जेठ महिनामा आफ्नो व्यक्तिगत कोड तर्फ ५ लाख ९९ हजार रुपैयाँको नयाँ व्यवसाय गर्न सफल अभिकर्ताहरु सो गल कन्सर्टमा सहभागि हुन पाउने भएका छन् । कम्पनीका अनुसार नेशनल लाइफ  गला कन्सर्टमा २६० जना अभिकर्ताहरुलाई क्वालिफायर्ड भएका छन् । अहिलो क्वालिफायर्ड अभिकर्ताहरुलाई निमन्त्रणा पठाउने क्रम जारी रहेको कम्पनीले जानकारी दिएको छ ।

कन्सर्टमा सहभागि अभिकर्ताहरुलाई एकदिनको लागि खान, बस्नसहित चर्चित राष्ट्रिय कलाकारहरुसँग मनोरन्जनको व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ । कार्यक्रमलाई भव्य रुपले सम्पन्न गर्नको लागि नेशनल लाइफका कर्मचारीहरु व्यस्त रहेका छन् ।

यो पनि पढ्नुहोस्ः

नेशनल लाइफले चर्चित कलाकारसहित ‘नेशनल लाइफ गला कन्सर्ट’ आयोजना गर्दै, अधिकांश महिला अभिकर्ता क्वालिफायर

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*