एक वर्षमा १५ खर्ब ९२ अर्बको आयात हुँदा १ खर्ब ९२ अर्बको निर्यात, व्यापार घाटा कति ?

७ श्रावण २०८१, सोमबार १५:४७

काठमाडौँ । गत आर्थिक वर्षको १२ महिनामा १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख रुपैयाँ बराबरको आयात भएको छ । भन्सार विभागको तथ्याङ अनुसार यस्तो देखाएको हो । उक्त आयात अघिल्लो आर्थिक वर्षको तुलनामा १.१६ प्रतिशतले कम आयात भएको हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बस्तु आयात १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख रुपैयाँको भएको थियो ।

भन्सार विभागका अनुसार अघिल्लो आर्थिक वर्षको १२ महिनाको तुलनामा चालु आर्थिक वर्ष निर्यात ३.०३ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको साउनदेखि असारसम्ममा १ खर्ब ५२ अर्ब ३८करोड रुपैयाँको वस्तु निर्यात हुँदा अघिल्लो आर्थिक वर्ष सोही अवधिमा १ खर्ब ५७ अर्ब १४ करोढ रुपैयाँको वस्तु निर्यात भएको थियो ।

आयात र निर्यात खुम्चिएसँगै व्यापार घाटा पनि ०.९६ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्ष १४ खर्ब ५४ अर्ब ५९ करोड रुपैयाँ व्यापार घाटा हुँदा गत आर्थिक वर्षको सोही अवधिमा १४ खर्ब ४० अर्ब ६० करोड रुपैयाँ पुगेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*