हिमालयन रिइन्स्योरेन्सको साढे पाँच लाख कित्ता शेयर किनबेच

७ श्रावण २०८१, सोमबार १५:२७

काठमाडौँ । शेयर बजारमा आज सबैभन्दा शेयर कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । यसदिन सो कम्पनीको साढे ५ लाख कित्ता शेयर किनबेच भएको हो ।

कम्पनीको ५ लाख ६५ हजार ७०५ कित्ता शेयर बराबरको ३६ करोड ९३ लाख ४८ हजार ७४१ रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मूल्य समेत बढेको छ ।

सोमबार कम्पनीको शेयर प्रतिकित्ता २३ रुपैयाँ २० पैसा अर्थात् ३.६४ प्रतिशतले बढेर ६६१ रुपैयाँ २० पैसा भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*