प्रतिकित्ता १०० रुपैयाँमै नेपाल लाइफ क्यापिटलको हकप्रद आजदेखि बिक्रीमा

८ श्रावण २०८१, मंगलवार ०६:१२

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले हकप्रद शेयर आज (साउन ८ गते) देखि लिलाम मार्फत बिक्री खुला गरेको छ । कम्पनीले अवितरित चार लाख ३८९ कित्ता हकप्रद शेयर बिक्री खुला गरेको हो ।

कम्पनीले गत असार २५ गतेसम्म चुक्ता पूँजी २९ करोड ९९ लाख तीन हजार ६०० रुपैयाँको १ः०.५ अनुपात अर्थात् ५० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले १४ लाख ९९ हजार ५१८ कित्ता हकप्रद बिक्री खुला गरेकोमा जम्मा १० लाख ९९ हजार १२९ कित्ता शेयर मात्रै बिक्री भएको हो । यसरी कम्पनीले अवितरित ४ लाख ३८९ कित्ता हकप्रद हाल कायम संस्थापक शेयरधनीलाई लिलाम मार्फत बिक्री खुला गरेको हो ।

उक्त शेयरको मूल्य प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकिएको छ । शेयर खरीदका लागि बोलकबोल गर्दा घटीमा १०० कित्ता र बढीमा सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिन सकिनेछ ।

इच्छुक शेयरधनीले यस कम्पनीको ग्लोबल आइएमई बैंकको कमलादी शाखा वा आइसिएफसि फाइनान्सको नक्साल शाखामा रहेको बैंक खातामा रकम बुझाई कम्पनीको कारोबार कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्ने अन्तिम मिति साउन २२ गते कार्यालय समयसम्म रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*