बक्यौता नतिर्ने उद्योगले पाए उन्मुक्ति, चौतर्फी दबाबपछि प्राधिकरणले जोड्यो ६ वटै कम्पनीमा लाइन

७ श्रावण २०८१, सोमबार ११:३७

काठमाडौँ । चौतर्फी दबाबपछि नेपाल विद्युत् प्राधिकरणले ६ वटै उद्योगको लाइन जोड्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र विद्युत नियमन आयोगको निर्देशनपछि प्राधिकरणले लाइन जोड्ने निर्णय गरेको हो ।

नियमन आयोगले २०८० मा जारी निर्देशिकालाई देखाउँदै विद्युत् जोड्न निर्देशन दिएको थियो । ‘विद्युत् उपभोक्ता हित संरक्षण सम्बन्धी निर्देशिका, २०८०’को दफा १३ को उपदफा १० मा यो व्यवस्था रहेको आयोगले बताएको छ । यही बमोजिम लाइन तत्काल जोड्न निर्देशन दिएको थियो ।

प्राधिकरणको सोमबार बसेको संचालक समितिको बैठकले सर्तसहित ६ उद्योगको लाइन जोड्ने निर्णय गरेको हो । तीन महिनाभित्र बक्यौता बुझाउने सर्तमा लाइन जोड्ने निर्णय भएको जनाइएको छ । बक्यौता नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले ६ उद्योगमा विद्युत् कटौती गरेको थियो । प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्सको ७३ करोड, घोराही सिमेन्टको ४० करोड ६८ लाख, अर्घाखाँची सिमेन्टको ३५ करोड ८८ लाख, जगदम्बा सिन्थेटिक्सको १६ करोड ४ लाख र हुलास स्टिलको ११ करोड २९ लाख र जगदम्बाले १ अर्ब २८ करोड १४ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ ।

तर, अब भने उनीहरुले उन्मुक्ति पाएका छन् । प्राधिकरण्का निर्देशक कुलमान घिसिङले पर्याप्त कानुनी आधारमै उद्योगीसँग बक्यौता मागेको र बक्यौता नतिरेपछि लाइन काट्न बाध्य भएको बताउँदै आइरहेका थिए । तर अहिले चौतर्फी दबाबपछि घिसिङ लाइन जोड्ने निर्णयमा पुगेका हुन् ।

 

One thought on “बक्यौता नतिर्ने उद्योगले पाए उन्मुक्ति, चौतर्फी दबाबपछि प्राधिकरणले जोड्यो ६ वटै कम्पनीमा लाइन

  1. सर्वसाधारण र ठूलाठालुका लागि नियमकानुन फरकफरक हुदाेरहेछ क्यार।यस्तै हाे नेपालको कानुन दैव जानुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*