सूर्योदय वोमी लघुवित्तको एफपिओमा ३५८ गुणा बढी आवेदन

७ श्रावण २०८१, सोमबार १०:५४

काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको एफपिओमा १ अर्ब ६७ करोड ६६ लाख ४५ हजार रुपैयाँ संकलन भएको छ । सीडीएस अनुसार आज अर्थात साउन ७ गते बिहान १०ः६ बजेससम्ममा ११ लाख ३१ हजार ५१२ जनाले १ करोड ६७ लाख ६६ हजार ४५० कित्ताका लागि आवेदन दिएका छन् । जुन मागभन्दा ३५८ गुणाले बढी आवेदन हो ।

कम्पनीले साउन ४ गतेदेखि सर्वसाधारणमा थप सार्वजनिक निष्काशन (एफपीओ) गरेको हो । कम्पनीले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ ५० पैसा रकम बराबरको ४६ हजार ७२९ दशमलव ५४५० कित्ता एफपीओ शेयर निष्काशन गरेको हो ।

साविक सूर्याेदय र वोमी लघुवित्त मर्ज भई बनेको सूर्याेदय वोमी लघुवित्तको कुल चुक्ता पूँजी ९१ करोड सात लाख ८२ हजार ५०८ रुपैयाँ ५० पैसामा संस्थापक शेयरधनीको स्वामित्व ७० दशमलव ३६ प्रतिशत र सर्वसाधारणको स्वामित्व २९ दशमलव ६४ प्रतिशत रहेकोे छ । राष्ट्र बैंकले मर्जरका लागि अन्तिम स्वीकृति दिंदा दिएको निर्देशन अनुसार कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकाले कम्पनीले सर्वसाधारणतर्फको हिस्सा बढाएर ३० प्रतिशत पुर्याउन एफपीओ जारी गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले एफपीओ निष्काशन गरेको हो । यसमा खरीदकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा एक हजार कित्ता शेयरको माग सहित आवेदन दिन पाउनेछन् । एफपीओ निष्काशन छिटोमा साउन ८ गते र ढिलोमा साउन १८ गते बन्द हुनेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयका साथै मेरो शेयर अनलाइनमार्फत् आवेदन दिन सक्नेछन् ।

कम्पनीले एफपीओ निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी बीबी (आईएस) डबल बी इस्योर रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

One thought on “सूर्योदय वोमी लघुवित्तको एफपिओमा ३५८ गुणा बढी आवेदन

  1. DP pandey says:

    यदि सरकारले लगानी लगानी गर्ने वातावरण बनाइदिए जनता लगानी गर्न प्रशस्त मात्रामा पैसा छ भन्ने कुरा प्रष्ट हुन्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*