सोमबार प्रतितोला कतिमा हुँदैछ सुनको कारोबार ?

७ श्रावण २०८१, सोमबार १०:४३

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । सुन तोलामा १०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४६ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी भने तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँमा कारोबार भइरहेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*