निफ्राको नाफामा ५.९८% गिरावट, ईपीएस कति?

७ श्रावण २०८१, सोमबार ०७:४०

काठमाडौं । नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा)को गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ५.९८ प्रतिशतले घटेर एक अर्ब ३३ करोड पाँच लाख रुपैयाँमा झरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले एक अर्ब ४१ करोेड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

एक वर्षको अवधिमा कम्पनीको बैंकको खुद ब्याज आम्दानी ६.४७ प्रतिशतले घटेर दुई अर्ब ५४ करोड ९७ लाख रुपैयाँमा झरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो आम्दानी दुई अर्ब ७२ करोड ६० लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिसन आम्दानी ५४.२६ प्रतिशतले घटेर एक करोड चार लाख रुपैयाँ कायम भएको छ । अघिल्लो आवमा बैंकको यस्तो आम्दानी दुई करोड २७ लाख रुपैयाँ रहेको थियो ।

यस अवधिमा बैंकको चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषको आकार ३२.१२ प्रतिशतले बढेर दुई अर्ब ९५ करोड ८८ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमै बैंकको निक्षेप ६.९३ प्रतिशतले घटेर ८२ करोड ९८ लाख ५६ हजार रुपैयाँमा झरेको छ ।

यस अवधिमा बैंकको कर्जा लगानी ४ प्रतिशतले बढेर २० अर्ब ८६ करोड ४९ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ६.८६ प्रतिशतले घटेर दुई अर्ब ५६ करोड रुपैयाँमा झरेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ३९ पैसाले घटेर ६ रुपैयाँ १६ पैसामा झरेको छ भने प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ७० पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*