सिद्धार्थ बैंकको ७२ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

७ श्रावण २०८१, सोमबार ०६:४२

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनी चंचल देवी जैनको नाममा रहेको ७२ हजार ९२७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयर संस्थापक शेयरधनीले खरीद गर्न नचाहेपछि सर्वसाधारणले समेत किन्न पाउने गरी पुनः बिक्री खुला गरिएको हो । सो शेयर खरीद गर्न इच्छुक व्यक्ति वा संघसंस्थाले आवश्यक पर्ने कागजात सहित ७ दिनभित्र खरीद गर्न चाहेको शेयर विवरण खुलाई बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनुपर्नेछ ।

One thought on “सिद्धार्थ बैंकको ७२ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*