प्रधानमन्त्री ओलीले पाए संसदमा दुई तिहाइको विश्वास

६ श्रावण २०८१, आईतवार १८:४४

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलिले संसदबाट विश्वासको मत पाएका छन् । उनको पक्षमा ७ वटा दलका सांसदहरुबाट दुई तिहाइका मत पाएका हुन् ।

दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका थिए ।

कूल २६३ मत रहेकोमा प्रधानमन्त्री ओलीले १८८ मत प्राप्त गरे । यो वर्तमान संसद्को दुई तिहाइ मत हो । उनको विपक्षमा ७४ मत परेको थियो । १ सांसद तटस्थ बसे । ओलिलाई माओवादी, राप्रपा, समाजवादी र रास्वपाले विश्वासको मत दिएको होइन ।

ओलीले २०७४ मा प्रधानमन्त्री हुँदा २०८ मत पाएका थिए । यो मत कुल प्रतिनिधिसभामा २७५ को तीन तिहाइभन्दा बढी थियो ।

One thought on “प्रधानमन्त्री ओलीले पाए संसदमा दुई तिहाइको विश्वास

  1. केशव प्रसाद सत्याल says:

    कर आतंक फैलाउने कार्यमा आझ‌ प्रभावकारी रूपमा अगाडि बढाउन सहयोग गर्छ। र जनताका सपना विदेशमा मात्रै पुरा हुनेछ देशमा पेटभरि खान पनी दुई नंवर काममा लागेका मानिसहरू मात्र अथवा धनाढ्य व्यक्तिहरुलाई मात्र संभव छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*