सूर्यदर्शन सहकारीमा अर्बौं घोटाला प्रकरणः थप २५ जना विरुद्ध पक्राउ पुर्जी जारी

६ श्रावण २०८१, आईतवार १६:५३

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा थप २५ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीहरु विरुद्ध कास्की प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो ।

सूर्य दर्शन सहकारी प्रकरणमा प्रतिवादीको संख्याको संख्या ४४ पुगेको छ । हालसम्म सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, सञ्चालक समिति सदस्य प्रमोद भट्टराई, पूर्व सञ्चालक समिति सदस्य शिवबहादुर गुरुङ र आर्ईटी प्रमुख भविश्वर अर्याललाई प्रहरीले पक्राउ गरेकोे छ । उनीहरु पुर्पक्षका लागि कास्की कारागारमा थुनामा छन् ।

१८ हजार ७ सय बचतकर्ताको बचत अपचलन भएको खुलाइएको छ। सहकारीको ऋणी संख्या ४३३ रहेको उल्लेख छ। १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८ सय ९८ रुपैयाँ सहकारीमा बचत हिनामिन भएको प्रतिवेदनममा उल्लेख गरिएको छ। प

ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालकसमेत रहेका सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, उनका दाइ भूपेन्द्र राई, हालका अध्यक्ष तथा व्यवस्थापकसमेत रहेका थानबहादुर बुढामगर लगायत ३९ जना फरार सूचीमा रहेका छन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*